बैतडी । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर–२ को भैरु टोलमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ ।गत राति खसेको पहिरोले घर पुरिदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनका ५ वर्षका छोरा रिजन जागरीको मृत्यु भएको हो ।