जनकपुरधाम । दर्जनौंको संख्यामा सुरक्षाकर्मी तैनाथ रहेको नेपाल रेल्वे असुरक्षित बनेको छ । रेल्वे प्रशासन र सुरक्षाकर्मीकै अगाडि आइतबार बेलुका करिब ४ बजेर ३० मिनेटमा जनकपुरबाट जयनगर जाने क्रममा जनकपुरधाम रेल्वे स्टेशनमा एकजना महिलाको पैसा लुटिएको हो ।
बैंक पैसा झिकेर घर जाने क्रममा जनकपुरधाम रेल्वे स्टेशनबाट धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिताकुमारी यादवको साथबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको छ ।








