अशोक पहाडी
रौतहट,१३ साउन । गौर हत्याकाण्डको छानविनको माग गर्दै पिडित परिवारले आजबाट धर्ना थालेकाछन् । गौर हत्या काण्ड पिडित संघर्स समितिको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा उनीहरुले धर्ना दिएका हुन ।
आम जनता पार्टीको सहयोगमा उनीहरुले आजबाट धर्ना कार्यक्रम थालेको सो पार्टीका बरिष्ठ उपाध्यक्ष बद्री न्यौपानेले बताए । गौर हत्या काण्डको छानबिनको माग राख्दै आम जनता पार्टीले उठाएको माग विरुद्ध गठन भएको यस भन्दा पहिला ६ राजनीतिक पार्टीको सर्वदलिय÷सर्वपक्षिय संघर्ष समिति बनेको थियो । सो समितिमा नेकपा (माओवादी केन्द्र) सहभागी नरहेको एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
नेकपा (माओवादी केन्द्र) का रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर) ले शुक्रवार विज्ञप्ती जारी गर्दै १७ बर्ष अघि भएको अमानविय र क्रुर गौर हत्याकाण्डको विषयलाई लिएर केही दिन देखि गौरमा भईरहेको ६ दलिय संघर्ष समितिको नाममा धर्ना, जुलुश, प्रदर्शन, विज्ञप्ती र ज्ञापनपत्रको दोहरी चलिरहेकोमा नेकपा माओवादीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका थिए ।
आम जनता पार्टीले गौर हत्या काण्ड पिडित संघर्स समितिको व्यानरमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । सो समितिको व्यानरमा भोलीबाट आम जनता पार्टीले जिल्लामा मोटर साईकल ¥याली तथा जिल्ला बन्दको आवहान गरेको छ ।








