अशोक पहाडी
रौतहट,७ भदौ । पुर्ब पश्चिम राजमार्गको चन्द्रपुर १ स्थित बामगमतीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले राजमार्ग बन्द गरेकाछन् ।
पश्चिमबाट पुर्व जाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले स्थानीय बिमला कुमारी मगरलाई ठक्कर दिएपछि उनको घटना स्थलमै ज्यान गएको थियो । स्थानीयले ट्रकको ठक्करबाट घाईते भएकी बिमला कुमारीलाई चालकले व्याक गरेर मारेको भन्दै राजमार्ग अवरुद्ध गरेका हुन ।
ठक्करदिने ट्रकलाई स्थानीयले आगो लगाई दिएकाछन् । ट्रकमा लागेको आगो निभाउनका लागि गएको चन्द्रपुर नगरपालिकाको दम्कलमा समेत स्थानीयले तोडफोड गरेकाछन् । स्थानीयले हानेको ढुंगाले दम्कलको सिसि फुटेर दम्कल चालक कुमार बस्नेतको आँखामा चोट लागेको छ ।
स्थानीयले पुर्व पश्चिम राजमार्ग बन्द गरेपछि अहिले सो स्थानमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।