चन्द्रनिगाहपुर,८ भदौ । चन्द्रपुर नगरपालिका वडानं ८ मा २ कोठे विद्यालय भवनको शिलान्यास भएको छ ।श्री बाल कल्याण आधारधुत विद्यालयको चन्द्रपुर नगरपालिकाकि उप मेयर जयमाला चौधरीले एक कार्यक्रमका बिच उदघाटन गरेकी हुन ।
२५ लाखको लागतमा बनेको भवनको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको वडा अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिएका छन । उदघाटन समारोहमा चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद सिग्देल लगाएतको सहभागीता रहेको वडा अध्यक्ष चौधरीले जानकारी दिएका छन ।