चन्द्रपुर,१२ असोज ।
रौतहटको वनबाट दाउराको नाममा काँचा सालका रुख काटेर लाने क्रम बढेको छ । दाउराको नाममा वनबाट काँचा सालका लाथ्रा काटेर लाने गरेको वन कर्मचारीहरु बताउछन् ।
रौतहटको वनबाट दाउराको नाममा काटिने काँचा सालका लाथ्रा डिभिजन वन कार्यालयकै अगाडीबाट साईकल र ई रिक्सामा हालेर लाँदा समेत वन कर्मचारीले वास्ता नगर्ने गरेको स्थानीय बासिन्दाले बताए ।
दाउराको नाममा वनमा गएर काँचा सालका लाथ्रा काटने ई रिक्सा वाला र साईकलवाला संग केही वन कर्मचारीले टिपको हिसावमा पैसा असुल्ने गरेको स्थानीय बासिन्दाले बताए ।
जिल्लाको चन्द्रनिगाहपुर,जुडबेला ,चोचा मैरा लगाएतका स्थानमा रहेको राष्ट्रिय वनबाट दैनिक जसो काँचा सालका लाथ्रा काटिने गरेको स्थानीय बासिन्दाहरुले बताएकाछन् ।
अरुदिनको तुलनामा शनिबारको दिन जंगलमा दाउरा काटन आँउनेको भिडनै लाग्ने गरेको जंगलसहिया सव वन डिभिजन कार्यालयका प्रमुख हिरोईत चौधरीले तराई एक्सप्रेसलाई बताए ।
साना सान सालका रुख काटेर गोलिया बनाएर साईकलमा दाउरा भन्दै ल्याउनेहरुका कारण रौतहटको वनमा तिब्र रुपमा हानि नोक्सानी हुदै आएको जानकारहरुको भनाइ रहेको छ । डिभिजन वन कार्यालय रौतहटले चोरी तस्करी रोक्नका प्रयास नगरेको स्थानीयले बताए ।
पछिल्लो समय जिल्लाको वनबाट दाउराका नाममा जाने सालका लाथ्रा स्थानीय ईट्टा उद्योग र चिरान मिल सम्म पुग्ने गरेको छ ।
चन्द्रनिगाहपुर सव डिभिजन कार्यालय मातहतको वनमा दाउराका नाममा हुने काँचा सालका लाथ्राको तस्करीमा वन कर्मचारीकै संलग्नता रहेको जानकारहरुको भनाइ रहेको छ । ई रिक्सामा वनका कर्मचारीलाई सेटिङ मिलाएर दाउरा बोक्नेहरुले मनग्य कमाउने गरेकाछन् । एक ई रिक्साका ल्याएको काँचा सालका लाथ्रा तीन देखी चार हजारमा सहजै विक्ने भएका कारण केही ई रिक्सा चालकहरु यात्रु बोक्न छाडेर दाउरा बोक्न व्यास्त रहने गरेकाछन् ।
केही ई रिक्सा चालकले भित्र साना साईजका काठका गोलिया हालेर बाहिरबाट दाउरा र घाँस ल्याउने गरेको स्थानीयहरुको भनाई रहेको छ ।