बारा,२० असोज ।आज दउसो बाराको निजगढमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको । बसले मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाईकल ग्यारेजमा काम गर्ने मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन् । निजगढ बुद्दचोक छेउ लच्का नजिकको  श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना६३प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको  प्र.१-०२-००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्युु भएको हो । उनि कोल्हबी नगरपालिका ३ जुगवा निवाशि हुन ।