रौतहट,२७ असोज । ६८ औं प्रहरी दिवसका अवसरमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मन्दिर सरसफाई कार्यक्रम गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोईरालाको नेतृत्वमा प्रहरी टोलीले चन्द्रनिगाहपुर स्थित दुर्गा मन्दिर र हनुमान मन्दिर सरसफाई गरेको हो ।
६८ औं प्रहरी दिवसका अवसरमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आज अरु बिभिद कार्यक्रम गर्ने तयारी गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कोईरालाले जानकारी दिनुभयो । प्रहरी दिवसका अवसरमा आज देशभर बिभिन्न कार्यक्रम गरिएको छ ।










