रौतहट,२० कार्तिक । रौतहटको चन्द्रनिगाहपुरमा दुर्गा प्रसाईको फोटो व्यानरमा राखेर हडिया जुलुस निकालिएको छ । राष्ट्र राष्ट्रियता ,धर्म संस्कृति तथा नागरिक बचाउ महा अभियानको व्यानरमा लघु बित्त ,बैक तथा सहकारीको व्याज मिनाहाको माग गर्दै उनीहरुले चन्द्रनिगाहपुर बजार परिक्रमा गरेका थिए । उनिहरुले लघुबित्त बाइबाई ,दुर्गा दाइ हाई हाई लगाएतका नारा लगाएका थिए ।