काठमाडौँ — जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुनस् ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५।८ म्याग्निच्युड मापन गरिएको छ । त्यहाँ रिपोर्टिङमा रहेका संवाद्दाताहरूका अनुसार भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिसहरू त्रसित भएका छन् ।








