गरुडा,२२ कार्तिक ।
रौतहटको बिर्तामा अबस्थित एक हस्पिटलको लापरवाहीका कारण एक महिलाको मृत्यु भएपछि स्थानियले बिरोध गरेका छन । रौतहटको गरुडा नगरपालिका अर्न्तगत पर्ने बिर्तामा सञ्चालनमा रहेको इमर्जेन्सि जनसेवा हस्पिटलको चरम लापरवाहीका कारण एक महिलाको ज्यान गएको पिडितको आरोप रहेको छ । अप्रेसन गराउन चन्द्रपुर नगरपालिकाको वडा नम्बर ७ बनबोहरीका इब्राहिम सिद्धिकिका ३० बर्षिय श्रीमति नुर्जहान खातुनको गएराती ज्यान गएको थियो । सो घटना पश्चात हस्पिटलका सञ्चालक हस्पिटल नै बन्द गरेर फरार भएकोले पिडित परिवार आक्रोसित भएका हुन । आक्रोसित पिडित र स्थानियले हस्पिटलका सञ्चालक र उपचारमा संलग्न डाक्टरलाई पक्राउ गरि कारवाहीको माग गर्दै सो हस्पिटल अगाडी गौर चन्द्रपुर सडकमा बिरोध प्रदर्शन गरेका हुन ।