चन्द्रपुर,२४ कार्तिक ।
चन्द्रपुर नगरपालिकाका केही वडाले घरघरमा बृद्धभत्ता वितरण गर्ने नाममा मर्ने बेला भएका बुढाबुडीलाई दिनभरी एक फाइनान्सको अगाडि लाईन लगाउन बाध्य पारेको गुनासो बढेको छ ।
मर्ने बेला भएका बुढाबुढीहरु बिहिबार दिनभरी चन्द्रनिगाहपुर स्थित सेन्ट्रल फाईनान्सको अगाडि लामबद्ध भएर बसेका थिए । कयौ बुढाबुढी धुलो र धुवाका बावजुद समेत सो पाइनन्सको अगाडि लाइन बस्न बाध्य भएका थिए ।
चन्द्रपुर नगरपालिका वडानं १ ले चन्द्रनिगाहपुर स्थित सेन्ट्रल फाईनान्सले बृद्धभत्ता घरघरमा दिने भन्दै सम्झौता गरेको थियो ।
चन्द्रनिगाहपुर स्थित सेन्ट्रल फाईनान्सले सम्झौता विपरित घरघरमा गएर बृद्धाभत्ता दिनुको साटो मर्ने बेला भएका बा आमालाई धुलाम्मे सडकमा लाईन लगाउन बाध्य पारेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । राज्यले दिने धोरै पैसा लिन चन्द्रपुर १ बागमतीबाट म्याजिक चढेर आएका बा आमलाई चन्द्रनिगाहपुर स्थित सेन्ट्रल फाईनान्सले घरघरमा गएर बृद्धभत्ता दिनुको साटो दिनभरी तातो घाममा सुकाएर राखेको थियो । स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेका अनुसार वडाले चन्द्रनिगाहपुर स्थित सेन्ट्रल फाईनान्ससंग घरघरमा गएर बृद्धभत्ता वितरण गर्ने सम्झौता गरेको थियो । तर सम्झौता विपरित चन्द्रनिगाहपुर स्थित सेन्ट्रल फाईनान्सले वडानं १ का बृद्धबृद्धालाई चन्द्रनिगाहपुर स्थित पाइनान्सको कार्यालय अगाडि लाइन लगाएर राखेको थियो ।
चन्द्रनिगाहपुर गौर सडक खण्ड चौडा गर्ने काम भईरहेको छ । सो कामका कारण सडक भुलाम्मे भएको छ । मर्ने बेलाका बा आमालाई धुलाम्मे सडकमा राखेर चन्द्रनिगाहपुर स्थित सेन्ट्रल फाईनान्सले बिमारी बनाउने काम गरेको स्थानीय बासिन्दा न्यौपानेको भनाइ रहेको छ । सो बिषयमा चन्द्रपुर नगरपालिकाले चासो नलिएको उनको भनाइ रहेको छ । चन्द्रनिगाहपुर स्थित सेन्ट्रल फाईनान्सको खातामा चन्द्रपुर नगरपालिका वडानं १ का बृद्धबृद्धाको नामको पैसा दसैं अगाडिनै आएको भएपनि व्याजको लोभमा सेन्ट्रल फाईनान्सले अहिले आएर घरघरमा गएर नबाँडेर आफ्नो अफीसबाटै बँडन थालेको हो । बिहान एक सय भाडा तिरेर चन्द्रनिगाहपुर स्थित सेन्ट्रल फाईनान्समा आएको तर दिनभर बस्दा समेत आफुले पैसा नपाएको स्थानीय बासिन्दा सुकमायाँ खड्काले बताईन । घरघरमै पैसा पाउने आसमा रहेका बुढाबुढीले दसैमा पाउनुपर्ने पैसा सेन्ट्रल फाइनान्सले दसैमा नदिएर एक महिना पछाडि आफ्नै अफिसमा बोलाएर बाँडन लगाएको स्थानीयको भनाइ रहेको छ । बिहिबार दिनभरी फाइनान्सको अगाडि गाडीको धुवाँ र धुलो खाएर आफुले बल्ल बल्ल आफ्नो भक्ता पाएको पौराईका स्थानीय बासिन्दा राम बहादुर परियारले बताए । घरघरमा गएर पैसा दिन्छु भन्थे तर यहाँ एक सय भाडा तिरर आँउदा समेत गार्डको हकार पकार खाएर आफुले बल्ला बल्ला बृद्धभत्ता पाएको परियारको भनाइ रहेको छ ।
घरघरमा गएर बृद्धभत्ता वितरण गर्ने बाहानामा चन्द्रनिगाहपुर स्थित सेन्ट्रल फाईनान्समा बोलाएर बुढाबुढीलाई दुख दिएको बिषयमा वडा अध्यक्ष बलराम राउतसंग सम्पर्क गर्न खोज्दा उनको मोवाईलमा सम्पर्कहुन सकेन ।