चन्द्रपुर,२४ मंसिर । पछिल्लो समय रौतहटको वनमा चोरी तस्करी बढेको छ । जिल्लाका विभिन्न वन क्षेत्रमा चोरी तस्करी बढेको थानियले बताएका छन् ।
जिल्ला डिभिजन वन कार्यालयका प्रमुखको रुपमा शैलेन्द्रकुमार मिश्र आएदेखिनै रौतहटको वनमा तस्ीकरी मौलाएको स्थानियको भनाइ रहेको छ । मिश्र कार्यालयको काम भन्दा बढी गौर तिर दिन बिताउन थालेपछि तस्करी मौलाएको जानकारहरु बताउँछन् ।
डेफु मिश्रले गस्ती जाने कर्मचारीलाई समेत पेट्रोल दिन छोडेपछि वन कर्मचारीहरु पनि सुस्त बन्दै गस्ती छोडेर क्वाटमै बस्न बाध्य भएको कर्मचारी स्रोतले जनाएका छन् ।
यता वन तस्करी गरेको आरोपमा एक दर्जन बढी व्यक्ति पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटले शनिवार सयौँ क्यूफिट सालको अवैध काठसहित एक दर्जन बढी व्यक्तिलाई पक्राउ गरेको हो । डिभिजनका कार्यालयका अनुसार उनीहरुले साइकल लगायतका साधन प्रयोग गरेर काठ तस्कर गर्ने गरेको पाइएको छ । वन गस्ती टोलीले सक्रियता बढाएसँग तस्करहरूले नयाँ जुक्ति प्रयोग गरेर काठ तस्करी गर्ने गरेको डिभिजन कार्यालयले जनाएको छ ।
राष्ट्रिय वनमा तस्कर प्रवेश गरेको भन्ने सूचनाका आधारमा गएको गस्ती (सुरक्षा) टोलीले साइकलसहित काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिए । २ दिनअघि मात्र सशस्त्र प्रहरीको वन सुरक्षा गस्ती टोलीले रौतहटको बलेरी खोर जंगलबाट दुईवटा साइकल जोडेर लोड गरिएका सालको गोलिया बरामद गरेको थियो ।
यसअघि गत साउन १५ गते सशस्त्रको वन सुरक्षा टोलीले यता ३९७ क्यूफिट सालको काठ बरामद गरेको थियो । सो अवधिमा काठ तस्करी र अवैध सिकारमा संलग्न १५ जना तस्कर लाई पक्राउ गरिएको थियो । साथै काठ तस्करीमा प्रयोग गरिएको पिकअप भ्यान १ थान, ट्याक्टर १ थान, टायर गाडा २ थान, मोटरसाइकल १ थान र साइकल १४ थान बरामद भएको डिभिजन प्रमुख मिश्रले जानकारी दिए । साउनयता पक्राउ परेका तस्करलाई कानुनी कारबाही गरी जरिवाना स्वरूप ६ लाख, १३ हजार १२० रुपैयाँ राजश्व सङ्कलन गरिएको डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहले बताए ।