चन्द्रपुर,२४ मंसिर । रौतहटको बृन्दान नगरपालिकाका एक जना वडा सदस्य बिरुद्ध अखिल दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा उजुरी परेको छ । बृन्दावन नगरपालिका वडानं १ का वडा सदस्य राम गणेश प्रसाद पटेल (बच्चु) बिरुद्ध सरकारी जमिन अतिक्रमण गरेको बिषायमा अख्तियारमा उजुरी परेको हो ।
बृन्दावन नगरपालिका वडानं १ को बलेरी क्षेत्रमा पर्ने वनको सरकारी जमिन अतिक्रमण गरेको र वनको जमिनमा पर्खाल निर्णमाण तथा गुम्बा बनाउन लगाएर आर्थिक अनियमितता गरेको भन्दै उजुरी परेको हो ।
२०८०/४/२८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्तानं २२९ रहेको उजुरीका आधारमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले वडा सदस्य पटेललाई दुई दिन भित्र डिभिजन वन कार्यालयमा हाजिर हुन पत्र काटेको छ ।
वडा सदस्य पटेलले वनको सरकारी जमिनमा गुम्बा बनाउने नाममा वनको जमिन अतिक्रम गर्नुका साथै नगरपालिका बाट निकाशा भएको बजेटमा समेत आर्थिक अनियमितता गरेको उजुरीमा बताईएको छ ।
वडा सदस्य पटेलले बागमती बगर अतिक्रममा समेत अतिक्रमकारी संग मिलेर रकम असुलि गरेको बिषयमा अख्तियारमा उजुरी परेपछि अख्तियारले डिभिजन वन कार्यालयलाई सो बिषयमा छानबिनका लागि आदेश दिएको थियोे ।
त्यस पछि डिभिजन वन कार्यालयले पटेललाई सो बिषयमा जानकारी दिनका लागि पत्राचार गरेको हो ।