मत्सरी,२८ मंसिर ।
रौतहट जिल्लाकै पुरानो दुर्गा भगवती गा“उपालिकामा रहेको एक विद्यालयमा व्यापक आर्थिक अनियमिता भएको भन्दै विद्यालयकै शिक्षले अख्तियारमा उजुरी दिएका छन् ।
दुर्गा भगवती गा“उपालिका वडानं २ सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाका तत्कालिन प्रधानाध्याक र खरिदारको मिलेमतोमा बिभिन्न शिर्षकमा लाखौ आर्थिक अनियमिता भएको भन्दै सोही विद्यालयका शिक्षक विपिन कुमार माण्डेयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा उजुरी दर्ता गराएका हुन ।
सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाका तत्कालिन प्रधानाध्याक यदुनि दास र सो विद्यालयका खरिदार अग्रज कुमार पाण्डेयको मिलेमतोमा विद्यालयको रकम बिभिन्न शिर्षकमा अनियमिता गरेको भन्दै छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको हो ।
सो विद्यालयमा खरिदार पदमा कार्यरत रहेका पाण्डेय र तत्कालिन प्रधानाध्यापक रविन्द्र झालाई अख्यिार दुरुपयोग अनुसन्धान आयोगले २०६६÷२÷५ गतेको निर्णय अनुसार १ लाख ४८ हजार पा“च सय रुपैया असुल उपर गरि बिभागिय कार्वाही समेत गरिसकेको छ ।
२०६६ सालमा बिभागिय कार्वाहीमा परेका खरिदार अग्रज कुमार पान्डेयले पछिल्लो समय आएर समेत व्यापक आर्थिक अनियमिता गरेको र उनीमाथि कडा भन्दा कार्वाहीको माग गर्दै सोही विद्यालयका शिक्षक विपिन कुमार पाण्डेयले अख्तियारमा उजुरी दिएका हुन । २०७९ मंसिर महिनामा सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाबाट सरुवा भएर अनोहोतीलाल माध्यमिक विद्यालय वसन्तपट्टीमा कार्यरत रहेका प्रधानाध्यापक यदुनी दास र खरिदार पाण्डेयको मिलेमतोमा विद्यालयको रकम पटक पटक गरेर आफ्नै बैंक खातामा हाल्न लगाएको उजुरीमा उल्लेख रहेको छ ।
तत्कालिन प्रधानाध्यापक दास र खरिदार पाण्डेयको मिलेमतोमा २०७९ सालको बिभिन्न मितिमा विद्या मन्दिरको नाममा ६ लाख जानकी पुस्तक पसलको नाममा ७५ हजार, प्रधानाध्यापक यदुनी दासको नामममा २५ हजार, सुलाभ ट्रेडर्सको नाममा १९ हजार, यदुनी दासको नाममा २० हजार, खरिदार अग्रज कुमार पाण्डेयको नाममा ८२ हजार ६ सय ६२ रुपैया, सुस्ति इलेक्ट्रोनिक्सको नाममा ९८ हजार ९ सय ७१ रुपैया, जानकी पुस्तक पसलको नाममा २ लाख ५० हजार, प्रियान्सु पुस्तक पसलको नाममा २ लाख ५० हजार, यदुनी दासको नाममा १२ हजार ५ सय १० रुपैया, खरिदार अग्रज कुमार पाण्डेयको नाममा १ लाख ४९ हजार ४ सय र पाण्डेयकै नाममा १ लाख ५ हजार २ सय ५१ रुपैया निकासा गरि आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख छ । विभिन्न पसल र आफ्नै नाममा प्रधानाध्यापक र खरिदारको मिलेमतोमा चेक काटेर आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा उजुरी परेको हो । सो विषयमा बुझ्नका लागि सरस्वती माध्यमिक विद्यालय भलोहियाका प्रधानाध्यापक यदुनी दासको मोबाइल नम्बर ९८४५११९६०२ मा फोन गर्दा फोन उठेन ।