चन्द्रपुर,२९ मंसिर ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेका सामुदायीक विद्यालयले निशुल्क शिक्षाका नाममा मनपरी शुल्क असुल्ने गरेको पाईएको छ । सरकारले सामुदायीक विद्यालयमा शुल्क नलिने भनेको भएपनि रौतहटका सामुदायीक विद्यालयले मनपरी शूल्क लिने गरेको पाईन्छ ।
चन्द्रपुर नगरपालिका वडानं ९ मा रहेको जन जागृती माध्यमिक विद्यालयले विद्यालय सहयोग ३७०० र रजिष्ट्रशन शुल्क वापत ५५० गरेर ४२५० सम्म शुल्क लिएको छ । यो एक उदाहारण मात्र हो । चन्द्रपुर नगरक्षेत्रमा रहेका सबै सामुदायीक विद्यालयले मनोमानी रुपमा विद्यार्थीबाट शुल्क असुल्ने गरेको पाईन्छ ।
गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयले अग्रेजी काध्यमको पढाई संचालनको लागि भन्दै विद्यार्थीसंग शुल्क असुलेपछि बिभिन्न विद्यार्थी संगठनले त्यसको चर्को बिरोध गरेको भएपनि जिल्लाका अन्य विद्यालयले लिने गरेको शुल्क र पुराना किताव दिएर पाठ्य पुस्तकमा गरेको अनियमिताको बिषयमा कुनै चासो नलिएको पाईन्छ ।
जुडिबेलामा रहेको श्री माध्यमिक विद्यालयले पनि विद्यार्थीसंग बिभिन्न बाहानामा शुल्क असुल्ने गरेको विद्यार्थीहरुको भनाइ रहेको छ ।
राज्यले गरिवका छोराछोरी पढने सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क नलिन भनेको भएपनि रौतहट जिल्लाका सामुदायिक विद्यालयको मनोमानी बढदै जान थालेको स्थानीय अभिभावकहरुको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुले चर्को शुल्क लिने गरेको र पुरानो पाठ्य पुस्तक बिरण गरेको बिषयमा शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलसंग सम्पर्क गर्न खोज्दा उनको मोवाइल अफ रहेको थियो । पुरानो किताव दिने र शुल्क असुल्ने विद्यालयका बिषयमा आफुले शिक्षा शाखासंग समन्य गरेर कार्वाहीको प्रक्रिया अगाडी बढाउने चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले तराई एक्सप्रेसलाई बताए । २०८० मंसिर २९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।