चन्द्रपुर,६ पुस ।
रौतहटको चन्द्रनिगाहपुरका जग्गा व्यावसायी राजन बोगटीले पत्रकार सम्मेलन गरेर केही तत्व चन्द्रनिगाहपुरमा साम्प्रदायीकता फैल्याउने मनसायमा रहेको बताएकाछन् ।
चन्द्रनिगाहपुर स्थित गौर रोडमा आफुले किनेको जग्गा केही स्थानीयले कब्जा गरेको र कब्जा गरेको जमिन खाली गराउन भन्दा आफु माथि बिभिन्न अरोप लगाएको बोगटीको भनाइ रहेको छ ।
बोगटीका अनुसार आफुलाई जग्गा किन्न लगाउने स्थानीय पाउरोटी ब्यावसायी शेख मनिरले केही मान्छेको बहकावमा लागेर आफ्नो बिरुद्ध गौरमा पत्रकार सम्मेलन गरेपछि आफुले बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको बताएका हुन ।
शेख मनिरले भने अनुसार जिल्ला अदालत र उच्च अदालतबाट मुद्धा जितेको भनेको जमिनका बिषयमा आफुलाई कुनै मतलव नभएको र आफ्नो नाममा रहेको जमिन मात्र आफुले खाली गराउन खोज्दा आफु माथि बिभिन्न आरोप लगाएको उनको भनाइ रहेको थियो । बोगटीले आफुले आफ्नो नाममा रहेको जमिनबाट मनिरलाई मौखिक रुपमा १० धुर जमिन दिने सहमती भएको र उनले कब्जा गरेको जमिन छाडे आफुले १० धुर जमिन दिन पछि नहटने बताए ।
पाउरोटी व्यावसायी शेख मनिरले बुधबार गौरमा पत्रकार सम्मेलन गरेर आफुलाई मधेशी भएकै कारण हेपेको र आफ्नो घर गुण्डागर्दी शैलीमा तोडफोग गरेको भनाई सार्वजनिक भएपछि बोगटीले चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरेर मनिर आफै साम्प्रदायिक शोचका मान्छे भएको टिप्पणी गरेका हुन । बोगटीले आफ्नो मनसाय भनेको आफ्नो नाममा रहेको जमिन खाली गराउनु मात्र रहेको दावी गरेकाछन् ।