रौतहट,१० पुस । जिल्लाको गौर नगरपािलकाको टिकुलिया घाटमा १० वर्षदेखि अलपत्र पुल सोमबार अनुगमन भएको छ । रौतहट क्षेत्र नम्बर २ का सङ्घीय सांसद किरण साहले सो पुल सोमबार अनुगमन गरेको हुन । पुल अनुगमन गर्दै सांसद साहले देशको अर्थतन्त्र कमजोर भएपनि पुन निर्माण गर्न सदनदेखि सडकसम्म आवाज उठाउँदै आएको बताएका छन् । यो पूल नबन्दा आफ्नो नैतिक नै संकटमा परेको उनले जिकिर गरेका छन् ।
पुल निर्माणको लागि अमरण अनसनमा बसेका स्थानीय पत्रकार संजय सहनीको प्रतिबद्धता पूरा गर्न आफू रातदिन मेहनत गरेको र देशको अर्थतन्त्र कमजोर भएककारण काममा ढिलाइ भएको सांसद साहले बताए । सांसद साहले सदरमुकाम गौर र इशनाथ नगरपालिकाको बीचमा पर्ने लालबकैया पुल निमार्णका लागि पुरानो टेण्डर रद्द भइ नयाँ टेण्डरको प्रक्रिया समेत अगाडी बढेको समेत जनाए । पुल चाँडो निर्माणका लागि आफू अर्थमन्त्रालयदेखि विभिन्न मन्त्रालयलाई घचघचाउने काम गरिरहेको बताएका छन् ।
रौतहट जिल्ला सुगम जिल्ला भएपनि सरकार र ठेकेदारको लापरवाहिका कारण समयमा पुल नबन्दा ईशनाथनगरपालिकाका स्थानियलाई सदरमुकाम आवतजावत गर्न वर्षायाममा डुंगा चढ्नुको विकल्प नै छैन । तत्कालीन प्रधानमन्त्रि शुसिल कोईरालाले शिलान्यास गरेको सो पुलनिर्माणको जिम्मा पप्पुु कन्स्टूक्सनले सकार गरे पनि ठेक्का पाएको १० वर्षमा पनि काम नसक्दा सम्बन्धित निकायले पप्पु कन्टूक्सनको सो ठेक्का तोडेर नयाँ ठेक्का गरेको तर श्रोतको सुनिश्चिता अहिलेसम्म नहुँदाकाम सुरु हुन सकेको छैन् ।
लाल बकैया नदीपारि पर्ने बन्जाराहा, औरैया, मठिया, डुमरीया, जोकहालगायतका स्थानहरुबाट सदरमुकाम गौर आउनजान स्थानियलाई कठिन भएपछि तत्कालीनप्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते सो पुल शिलान्यास गरेका थिए ।
वि.सं २०७१ असारमा वीरगन्ज स्थित पप्पु कन्स्टूक्सनले करिब १६ करोड ८६ लाख २७ हजार १५० रुपैयाँमा सकार गरेको पुलनिर्माणको कामसमयमा सम्पन्न नगर्दा सर्वसाधारणलाई आवतजावतमा सास्ती भोग्नु परेको छ । पप्पु कन्स्टूक्सनले २०७४ असार २५ भित्रकाम सक्ने सम्झौता गरेपनि पटक पटक विभिन्न बहानाबनाउँदै काम अलपत्र बनाउदै म्याद मात्रै थप्ने काम गरेको थियो ।
पप्पुले कामनगर्ने भएपछि सडक डिभिजन कार्यालयले २०७९ जेठ ९ गते सो निर्माण कम्पनिसँगको ठेक्का रद्ध गरेर नयाँ ठेक्का जारी गर्यो । डिभिजन कार्यालयलनयाँ ठेक्काको सुचनाजारी गरेपछि श्री आजाद÷दिपु एंण्ड कम्पनिले २०८१ चैत १ गतेसम्मपुल निमार्ण सम्पन्नगर्ने गरी २०८० असोज ९ गते २७ करोड ६६ लाख ८ हजार १६७ रुपैयामा सम्झौता गरेको छ तर हालसम्म सो रकमको शुनिश्चिता अर्थ मन्त्रालयले नगर्दा पुल निमार्ण कार्य सुरु हुन नसकेको सडक डिभिजन कार्यालय चन्द्रपुरले जनाएका छन् ।