गौर,१३ पुस ।
रौतहट जिल्लाका बिभिन्न बैंकमा सर्बसाधारणले जम्मा गरेको रकम बैकबाटै चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको गौर नगरपालीका वडा नं. ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी, गौर ७ बस्ने वर्ष ३७ को दिपेन्द्र कुमार साह । र गुजरा नगरपालीका बडा न.६ घर भई हाल चन्द्रपुर नगरपालीका वडा नं.१० बस्ने बर्ष ४२ को राज कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
गौर नगरपालीका वडा नं.–४ बस्ने जयप्रकाश रायचनौको एन आई सी एसिया र माछापुच्छे बैंकको खाताबाट मिति २०८०÷०३÷२९गते देखी पटक पटक गरी जम्मा बाह्र लाख छयालिस हजार चार सय चालिस ,गौर नगरपालीका बड़ा नं.–७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट मिति२०८÷०३÷२० गते देखी पटक पटक गरी जम्मा पांच लाख), जिल्लारौतहट गौर नगरपालीका वडा नं.२ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रियबाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट मिति २०८०÷०७÷२९ गते असी हजार, चन्द्रपुर ९ बस्ने कृष्णप्रसाद तिमल्सिनाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरमा रहेको खाताबाट मिति २०८०÷०७÷३० गते देखी पटक पटक गरी ६ लाख एघार हजार दुई सय आठ रुपैया सन्ताउन्न पैसा गरी चौविस लाख सैतिस हजार छ सय पचासी रुपैया सन्ताउन्न पैसा उनीहरुले निकालेका थिए ।
विभिन्न काल्पनिक व्यक्तीहरुको नामको भारतको घोडासहनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमती पत्र बनाई सिमकार्डहरु निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरुमा खाताखोली मोवाईल बैंकिङ्ग मार्फत खाताको रकम अनाधिकृत रुपमा पहुच पुन्याई चोरी गरेको बिषयमा उजुरी परेपछि रौतहट प्रहरीले उनीहरुलाई फत्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई अनुसन्धान प्रतिवेदन सहित मिसिल सहित बिहिबार जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सो घटनामा संलग्न केही व्यक्तीहरु फरार रहेको र उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए ।








