राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाई लाई बागलुङमा हातपात भएको छ ।
बागलुङ नगरपालिका ७ का रामकान्त गौतमले प्रसाइ सवार कार्यक्रममा पुगेर चप्पल प्रहार गरेका हुन् । बागलुङको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा मंच चढ्न लाग्दा ३५ बर्षिय गौतमले चप्पल प्रहार गरेका हुन् ।उनलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालै प्रसाइ समर्थकले पनि गौतमलाई कुटपिट गरेका थिए ।
प्रसाइले उक्त घटनापछि एमाले अध्यक्ष् केपी शर्मा ओलीलाई यो घटनाले अप्ठ्यारो पर्ने चेतावनी दिए । उनले ओली र प्रधानमन्त्री प्रचण्डको आलोचना समेत गरे ।