कलैया,४ माघ । कलैया उपमहानगरपालिकाका मेयरलाई धम्की दिने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका मेयर बिनोद साहलाइ धम्की दिने पर्साका एक जनालाई पक्राउ गरेको हो ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका ५ बस्ने भोला गिरीलाइ पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जनाए । उनका अनुसार मेयर साहले आफूलाई तारान्तार आइरहने धम्कीबारे गराएको विवरणबमोजिम गिरीलाइ पक्राउ गरिएको हो ।
पक्राउ परेका गिरीलाइ प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।