रौतहट,११ माघ । प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट आम जनता पार्टीका ११ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । आज सो पार्टीले विभिन्न माग राख्दै मधेश बन्दको आवहान गरेको थियो । आफ्नो पार्टीका ११ जना नेतालाई बिना कारण प्रहरीले पक्राउ गरेको आजपाका केन्द्रीय सदस्य बालकृष्ण सापकोटाले बताए । ईलाक प्रहरी कार्यलय चन्द्रनिगाहपुर ले बन्द गराउदै हिडेका ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।








