रौतहट,२६ माघ । नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बन्द सत्र स्थगित भएको छ। जिल्ला सदस्यदेखि पदाधिकारीसम्म सर्वसम्मतको प्रयास गरिए पनि सर्वसम्मत हुन नसकेपछि अबेर साँझ बन्दसत्र स्थगित गरिएको हो। कुनै पनि पदमा सर्वसम्मत हुन नसकेपछि बन्दसत्र आजका लागि स्थगित गरिएको हो। आज स्थगित भएको बन्दसत्र भोलि शनिबार बिहान ८ बजेबाट गरुडा स्थित एएन प्लाजा होटलमा पुन सुरु हुने नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिएका छन्।
भोलि शनिबार सर्वसम्मतको प्रयास गरिने र नभएको खण्डमा निर्वाचनद्वारा नेतृत्व चयनको प्रयास गरिने केन्द्रीय सदस्य रेग्मीले बताएका छन्। शनिबार बिहान ८ बजेबाट पुन बन्दसत्र सुरु हुने जनाइएको छ। नेकपा एमाले रौतहटको अध्यक्षका आकांक्षी तीनजना रहेका छन्। अखिलेश्वर चौधरी, रुपेश कुमार पटेल र सचिदा नन्द शाह जिल्ला अध्यक्षका आकांक्षी हुन्। नेतृत्वले सर्वसम्मतको प्रयास गरे पनि रौतहटमा सर्वसम्मत लगभग नहुने देखिएको एकजना एमालेका नेताले बताएका छन् । शनिबार मतदानबाटै जिल्ला अध्यक्ष लगायत पदाधिकारीहरूको चयन हुने बताइएको छ।








