रौतहट,२७ माघ । रौतहटको चन्द्रनिगाहपुरमा जेष्ठ नागरिक मगर सम्मान तथा भेटघाट कार्यक्रम आज सम्पन्न भएको छ।
नेपाल मगरसङ्घ रौतहटको आयोजनामा सो कार्यक्रम भएको हो। नेपाल मगरसघ रौतहटका जिल्ला अध्यक्ष शेरबहादुर मगरको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा वृद्धवृद्धाहरुलाई सम्मान गरिएको थियो । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रवि राना मगरको प्रमुख आतिथ्यतामा वृद्धवृद्धाहरुलाई सम्मान गरिएको थियो । नेपाल मगरसघ मधेस प्रदेशका पदाधिकारी तथा रौतहट जिल्ला कमिटीका पदाधिकारीहरूको सहभागितामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो।








