रौतहट,७ फागुन । महोत्तरी जिल्लाको बर्दिबासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कराते महासङ्घको आयोजनामा हुन लागेको प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगितासँगै राष्ट्रिय रेफ्रिज सेमिनार र ग्रेडिङ समेत हुने आयोजकले जानकारी दिएको छ । यही आउँदो फागुन १४ गतेदेखि १७ गतेसम्म राष्ट्रिय रेफ्री सेमिनार हुने आयोजक नेपाल कराते महासंघ मधेश प्रदेशका रेफ्री संयोजक चित्र बहादुर पुलामीलेले जानकारी दिएकाछन ।
फागुन १८ गतेदेखि २० गतेसम्म प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता को लागि तयारी तीव्ररूपमा भइरहेको नेपाल कराते महासंघ मधेस प्रदेशका सचिव कसम लामाले जानकारी दिए । मिथिला राष्ट्रिय कराते प्रतियोगितामा सातै प्रदेश ,तीनवटा विभागीय टिम र एक आयोजक टिम गरी ११ वटा टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा महिलातर्फ ४५ केजीदेखि ६८ केजी प्लस सम्मको खेल हुनेछ । पुरुषतर्फ ५० केजीदेखि ८४ क्लक केजी प्लस खेल हुनेछ । प्रतियोगितामा महिला र पुरुषको एकल काताका साथै टिम काँता समेत हुने आयोजकले जानकारी दिएको छ ।
नेपाल कराते महासङ्घ मुख्य आयोजक रहेको सो प्रतियोगिताको सहआयोजक नेपाल कराते महासघ मधेस प्रदेश रहेको नेपाल कराते महासन मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरले बताए । मधेस प्रदेशमा एकैपटक राष्ट्रिय रेफ्री सेमिनार राष्ट्रिय कराते प्रतियोगिता र मधेस प्रदेश स्तरीय छुटपुट ग्रेडिङको आयोजना हुने भएपछि मधेस प्रदेशका खेलाडीहरूमा उत्साह छाएको आयोजकले जनाएको छ ।








