रौतहट,२४ फागुन । राष्ट्रिय युवा संंघ नेपालका केन्द्रीय सदस्य बिक्रम लामालाई डिभिजन वन कार्यलयले तत्काल नछाडे नेकपा एमाले रौतहटले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । रौतहटको जुडिबेलामा रहेको महादेव स्थान समुदायिक वनले गोप्य तरिकाले काठ बिक्रीवितरण गर्न लागेपछि लामाले त्यसको बिरोध गरेका थिए । सामुदायिक वनका अध्यक्ष केशव पुलामी र जुडिबेला सव वन डिभिजनका सहायक वन अधिकृत सुरेश महतोको मिलेमतोमा लामालाई सुनियोजित रुपमा फसाएको नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहा बताए । पक्राउ परेका लामालाई तत्काल वनले नछाडे वन कार्यलयका बिरुद्ध कडा आन्दोलन गर्ने नेकपा एमाले रौतहटका सचिव दाहालले बताए ।








