रौतहट,२४ फागुन । डिभिजन वन कार्यालय रौतहटका प्रमुख डीएफओ शैलेन्द्र कुमार मिश्रा र सहायक वन अधिकृत सुरेश महतो विरुद्ध युवासघ नेपालले आन्दोलन गर्ने भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई बिना कारण वन कर्मचारीले पक्राउ गरेर राखेपछि युवा संघले यस्तो चेतावनी दिएको हो । महादेव स्थान सामुदायिक वन उपभोक्ता समूहमा रहेको काठ वन कर्मचारी र समूहका अध्यक्षको मिलोमतोमा गोप्य रुपमा बिक्री हुन लागेको विरोधमा लामाले कुरा उठाएपछि उनलाई वन कर्मचारीले वन मुद्दा लगाई पक्राउ गरेको भन्दै युवा सङ्घ नेपालले तत्काल रिहाइ गर्न माग गरेको हो । राष्ट्रिय युवा सङ्घ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले आज एक विज्ञप्ति जारी गर्दै डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा र सहायक वन अधिकृत सुरेश महत्वले काठ तस्करसँग मिलेर लामालाई पक्राउ गरेको आरोप लगाउँदै आन्दोलनको घोषणा गरेका हुन्