रौतहट,१ चैन । चन्द्रपुर नगरपालिकाले उमेर पुगेकाहरूको विवाह गर्न वडाको सिफारिस लिनुपर्ने भन्दै निकालेको सूचनाको चौतर्फी आलोचना हुन थालेको छ । बालविवाह न्यूनीकरण गर्ने भन्दै चन्द्रपुर नगरपालिकाले उमेर पुगेका युवतीको विवाह गर्नु अगाडि सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने भन्दै सूचना जारी गरेपछि सामाजिक सञ्जालमा त्यसको कडा आलोचना भएको छ । चन्द्रपुरका सञ्चारकर्मी बालविक्रम कार्कीले सो विषयमा एक स्टाटस लेखेका छन् । सो फेसबुक स्टाटसमा अधिकांशले नगरपालिकाको स्वनिर्णयको चर्को आलोचना गरेको पाइएको छ।
पढनुस कार्कीले लेखेको फेसबुक स्टाटस
चन्द्रपुर नगरपालिकाले विवाह अगाडि वडाको सिफारिस अनिवार्य गरेको छ। यसलाई बाल बिवाह रोक्न गरिएको प्रयासको रुपमा मैले बुझेको छुँ ।
तर उमेर पुगेका अविवाहित केटाकेटीलाई स्वच्छाले बिवाह गर्नबाट रोक्न नेपालको कुनै पनि कानुन तथा संविधानले रोक्न सक्दैन् । यदि चन्द्रपुरका उमेर पुगेका अविवाहित केटाकेटीले बिहे गर्नुपूर्व वडाको सिफारिस नलिएमा नगरपालिकाले त्यस्तो जोडीलाई के कारवाही गर्छ ?
यदि कारवाहीनै गर्नुपर्ने भए कुन कानुन टेकेर गर्छ?
के वडाको सिफारिस नलिए बिहे गर्नेको बिहे रोक्न नगरपालिका जान्छ?
तिमीहरुले हाम्रो सिफारिस नलिइ बिहे गर्यौ, त्यसैले तिमीहरुको बिहे दर्ता गर्दैनौं भन्ने कानुनी अधिकार नगरपालिकालाई छ?
चन्द्रपुर नगरपालिकाको यो निर्णर विरुद्ध अदालतमा रिट परे कुन कानुनमा टेकेर यसको बचाऊ गर्छन् ?
बिना कानुनी आधार सस्तो लोकप्रियताको लागि यस्ता नियमहरू लगाउनुभन्दा बालविवाह न्यूनीकरणको लागि प्रभावकारी कार्यक्रम र नितिहरु ल्याउँदा राम्रो हुन्छ ।
सो फेसबुक स्टाट स्टाटसमा कमेन्ट गर्नेहरूले यो नगरपालिकाको केटाकेटीपन भएको बताएका छन् । नगरपालिकाको यो उर्दीसँगै अब चन्द्रपुर नगरपालिकाका विवाह गर्ने उमेरका युवा युवतीले सम्बन्धित वडाबाट विवाह गर्नु पहिलै विवाह गर्नका लागि अनुमति लिनुपर्ने बाध्यता आइपरेको छ।








