रौतहट,२ बैशाख । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको तेस्रो नगर अधिवेशनमा राम बहादुर घलान र शिव आचार्यले अध्यक्षमा उम्मेदवारी दिएकाछन । सर्वसम्मत हुन नसकेपछि आज निर्वाचनको माध्यमबाट नगर कमिटी चयन हुन लागेको हो । उपाध्यक्षमा रबि राना मगर र लाल बहादुर दोगंको उम्मेदवारी परेको छ । सह सचिवमा डोल बहादुर ठाडा मगर र जय नारायण साह बिच चुनाव हुने भएको छ । सहमति नभएपछि आज साझबाट चुनावी प्रक्रिया सुरु हुने निर्वाचन कमिटीका सदस्य रमेश तिमल्सिनाले जानकारी दिए ।







