चन्द्रपुर,२० असार । चन्द्रपुर नगरपालिका वडा नं ८ ले विपत व्यवस्थापनको विभिन्न सामग्रीहरु वितरण गरेको छ।
आज एक कार्यक्रम गरेर चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले ती सामग्रीहरू सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका हुन । वडाबाट विनियोजित रकमबाट बाढीबाट जोगाउने विभिन्न उपकरण वितरण गरिएको हो । सशस्त्र प्रहरी बेस सन्तपुर,प्रही चौकी सन्तपुर ,श्रीकृष्ण प्रणामी मन्दिर सन्तपुर,साना किसान कृषि सहकारी सन्तपुर,गैरी मरधर गाउँ ,सुबलाल भागवत मावि ,स्वास्थ्य चौकी सन्तपुर,बैजनाथपुर गाउँ ,बेतौना गाउँ ,
शस्त्र बल २ थान सन्तपुर प्रहरी २ थान कृस्न प्रनामी मन्दिर २ थान सानाकिसान सन्तपुर १ थान मोतिपुर हाथिसार ,थान बसन्तपुर १ थान बन्झुला १ थान बस्तिपुर १ थान अल्टोकी १ थानका दरले उद्धार सामग्री वितरण गरिएको वडा अध्यक्ष जितेन्द्र कुमार चौधरीले जानकारी दिएका छन्।