रौतहट,२८ असार । काठमाडौँबाट गौरतर्फ आउँदै गरेको एक यात्रुवाहक बसलाई पहिरोले पुरेको छ। नारायणघाट मुग्लिन सडक खण्डमा सो बस पहिरोमा पुरिएको प्रहरीले जनाएको छ। काठमाडौंबाट गौरतर्फ आउदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको हो । अहिले सोही स्थानमा प्रहरी परिचालन गरेर पहिरोले पुरिएका यात्रुहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।








