गौर,१४ साउन । रौतहट जिल्लाका एक प्रदेश सांसदका कारण उनकै क्षेत्रका जनताहरू यतिबेला आजित बनेका छन् । ठेकेदारबाट सांसद बनेका नागेन्द्र शाहका कारण उनकै क्षेत्रका बासिन्दाहरू यतिबेला आजित बनेका हुन् । उनले ठेक्का साकार गरेको सडकको काम विगत लामो समयदेखि नगरेका कारण स्थानीयहरू लाई आवतजावतमा समस्या भएको छ ।
गौर–पिपरा सडक खण्डको १२ किलोमिटरमा कालोपत्रे र नाला निर्माण कार्य सम्पन्न गर्न लिखित सम्झौता गरेका साह निर्माण सेवा मलंगवा १० ले समय सकिन ३० दिन बाँकी छदा एक सेन्टीमिटर कालोपत्रे गरेको छैन ।
दुई बर्ष भित्रमा गौर–पिपरा सडक खण्डको १२ किलोमिटरमा सडक नाला बनाउने लिखित सम्झौता गरेका साह निर्माण सेवा मलंगवा १० सर्लाहीले सम्झौता अनुसार काम नगरेको उनको प्रगति सन्तोषजनक नभएको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले तथ्याँकबाट बुझिएका छ ।
सडकलाई पूर्ण जोतेर कालोपत्रे गर्न र बस्तीमा दुई तर्फी नाला निर्माण गर्न २०७९ असार १७ गते देखि सुरु गरेर २०८१ भदौं १० गते भित्र निर्माण कार्य सम्पन्न गर्न लिखित सम्झौता गरेको साह निर्माण सेवाका प्रोपराइटरले अहिले उक्त सडक भन्दा नाला बनाउनमा केन्द्रीत भएको हुँदा अहिले सम्मा एक सेन्टीमिटर कालोपत्रे हुन नसकेका छैन । यती मात्रै नभई निर्माण कम्पनीको गैरजिम्मेवारी पनाको साक्षी डिभिजन सडक कार्यालय बनेको हुँदा निर्धारित समयमा सम्पन्न हुन नसकेको बताइएको छ ।
यस्तै अवस्था रहयो भने १२ किलोमिटर सडक बनाउन साह निर्माण सेवालाई कयौं बर्षौ लाग्ने स्थानीयको भनाइ रहेको छ ।
दुई बर्ष देखि निर्माणाधिन अवस्थामा रहेका गौर पिपरा सडक खण्डको दर्जनौं स्थानमा ठूलठूला खाडल भएपनि निर्माण कम्पनी संगै सम्बध निकाय मुकदर्शक बन्दा उक्त बाटो भएर हिड्ने यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् ।
निर्माणाधिान अवस्थामा रहेका गौर–पिपरा सडक खण्डको दर्जनौ स्थानमा ठूला साना खाल्डोहरु रहेको, पुल पुलेसाको मुखमा बाटो भाँसिएको, बाटो खनिएको लगायत विभिन्न कारणवस बाटो दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । तर त्यही बाटो भएर हिड्ने यात्रुहरुले स्थानीय जनप्रतिनिधि, क्षेत्रका साँसद, स्थानीय सरकार सहितका सडक डिभिजन कार्यालयलाई पटक पटक गुहार लगाउदा समेत कुनै सुनवाई नगर्दा जोखिमपूर्ण रुपमा यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउदै आएका एक अटोरिक्सा चालकले गुनासो पोखे । सडक डिभिजन कार्यालय चन्द्रनिगापुरका अनुसार गौर–पिपरा सडक खण्डको १२ किलोमिटर सडक कालोपत्रे र बस्तीमा नाला निर्माण गर्न साह निर्माण सेवा मलंगवा १० सर्लाहीले २० करोड ५० लाख ८६ हजार ९७१.९२ भ्याट सहित रकममा ठेक्का सकारको थियो ।
सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दिपेन्द्र पाण्डेले निर्माण कार्यमा भईरहेको ढिलाई प्रति चिन्ता व्यक्त गरे । यसबारे हामी प्राविधिकहरु संग बुझ्ने कार्यहरु गर्ने छौं तथापी गौर–पिपरा सडकमा निर्माणको कार्यको प्रगति सन्तोषजनक भएको स्पष्ट पारे । गौर–पिपरा–माधोपुर–समनपुर–सर्लाहीको विभिन्न स्थानमा जाने प्रमुख सडकको दुरदर्शालाई ठिक पार्न साह निर्माण सेवा मलंगवा १० का तत्कालिन प्रोपराइटर तथा वर्तमान नेपाली काँग्रेसको टिकटबाट मधेश प्रदेश सभाका सदस्य नागेन्द्र साहले उक्त ठेक्का लिएर समयमा पुरा गर्न नसकेको अवस्था छ । प्रदेश साँसद साहकै क्षेत्र भएपनि उनको कामकाज प्रगति हेर्दा लम्ब्याउने, ढिलासुस्ती गर्ने लगायतका कारण निर्धारित समय सकिन लाग्दा समेत एक सेन्टीमिटर कालोपत्रे नहुनु अत्यन्तै दुखद रहेको स्थानीय बासिन्दाहरुले दुखेसो पोखे ।
यस्ता हेलचक्रयायी गर्ने निर्माण कम्पनीलाई कालोसुचीमा राखेर कारवाही अघि बढाउन सम्बध निकायको ध्यानाकर्षण गराउदै गौर पिपरा सडक बनाउने तर्फ संघिय साँसद माधवकुमार नेपालको ध्यान जानु आवश्यक रहेको स्थानीय रामलाल दासले बताए ।