रौतहट,१४ साउन । इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा नयाँ डिएसपी आएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा डीएसपी राजकुमार राईले कमाण्ड सम्हालेका हुन् । उनले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरको कमाण्ड सम्हालेसँगै स्थानीय बासिन्दाहरूसँग विभिन्न विषयमा छलफल समेत अगाडि बढाएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर मातहतको क्षेत्रमा हुने विभिन्न गतिविधिलाई नियन्त्रण गर्नका लागि आफूले छलफल तीव्र रुपमा अगाडि बढाएको डीएसपी राजकुमार राईले जानकारी दिएका छन् । यसभन्दा अगाडिका डिएसपी गौरव महत कार्यकाल नपुग्दै सरुवा भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरको कमान्ड सम्हाल्नका लागि राईलाई पठाइएको हो । इलाका प्रहरी कार्यालय चन्द्र निगाहपुर मातहतको क्षेत्रमा हुने विभिन्न अपराधिक गतिविधि तथा चोरीका घटनालाई नियन्त्रण गर्नका लागि आफू लागि पर्ने राईले बताए । डिएसपी राईले चन्द्रपुर नगर क्षेत्रमा हुने लागू औषधको सेवन तथा कारोबारलाई नियन्त्रण गर्नका लागि आफू लागिपर्ने प्रतिबद्धता समेत जनाएका छन्। उनले सोमबार बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा चन्द्रनिगापुर क्षेत्रमा रहेका सञ्चारकर्मीहरूसँग परिचयात्मक कार्यक्रम गर्दै सो कुरा बताएका हुन् ।








