चन्द्रपुर,३ भदौं । ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) रौतहटको आयोजनामा तथा अक्सफाम नेपालको आर्थिक सहयोगमा नेपालमा जलवायु परिवर्तन अनुकूलन तथा पैरवी परियोजनाले रौतहटको चन्द्रनिगाहपुरमा जलवायु मैत्री कृषि प्रविधि तालिम सफलतापूर्वक सम्पन्न भएको छ । जलवायु परिवर्तन अनुकूलन गराउने उद्देश्यका साथ यो कार्याक्रम आयोजना गरिएको थियो ।
यस तालिममा चन्दपुर नगरपालिकाका वडा नं. १ देखि १० सम्मका ९५ जना कृषकहरूको सहभागिता रहेको थियो ।
तालिमको क्रममा आरडिसी नेपालका अध्यक्ष पारस हुसेनले जसले सहभागी कृषकहरूलाई जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न आवश्यक उपायहरूको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा आरडिसी नेपालका कार्यकारी निर्देशक आशिष कुमार सिंह, अक्सफाम नेपालका विवेक कार्की र सुजित चौधरी र प्रशिक्षकहरुमा सुनिता पन्थि, जंगजित कृतिकार र अभिशेक यादको पनि सहभागिता रहेको थियो । साउन २९ गतेदेखि भदौ २ गतेसम्म चलेको यो तालिमका बारेमा जानकारी आरडिसी नेपालकी ज्योती फुयालले दिएकी छन् । यो तालिमले कृषकहरूलाई जलवायु परिवर्तनसँग जुध्न रसायनिक मल र विषादी कम प्रयोग गरी कृषि उत्पादन गर्न सुझाव दिएको छ ।
सक्षम बनाउनुका साथै आधुनिक कृषि प्रविधिहरूको प्रयोगद्वारा उत्पादन वृद्धि गर्ने उद्देश्य राखेको छ । यो कार्यक्रमले स्थानीय कृषकहरूलाई जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न योगदान दिने अपेक्षा गरिएको छ ।








