चन्द्रपुर,२ भदौं । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले विभिन्न बाधा–अवरोहलाई पार गर्दै महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । प्राधिकरण प्रमुख धिरेन्द्र यादव सम्मानित भएका हुन् ।
केन्द्रले वार्षिक विद्युत चुहावट लक्ष्यभन्दा ११.९३% बढी प्रगति हासिल गर्दै ११.५२% चुहावटलाई कम गरेको छ । साथै, बाँकी वक्यौता असुलीमा पनि महत्त्वपूर्ण प्रगति गरेको भन्दै यादवलाई सम्मान गरिएको छ ।
केन्द्रका सम्पूर्ण प्रमुख यादवसहित कर्मचारीहरूको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९ औं वार्षिकोत्सवको उपलक्ष्यमा चन्द्रनिगाहपुर वितरण केन्द्रलाई उत्कृष्ट वितरण केन्द्रका रूपमा सम्मानित गरेको छ । यस उपलब्धिले वितरण केन्द्रको प्रयास र समर्पणलाई मान्यता दिएको छ । सम्बन्धित अधिकारीहरूले वितरण केन्द्रको टोलीलाई बधाई दिँदै आगामी दिनहरूमा पनि यस्तै उत्कृष्टता कायम राख्न प्रेरणा दिएका छन् । यो सम्मानले वितरण केन्द्रलाई थप ऊर्जा र उत्साह थपेको छ ।