रौतहट,१५ असोज । चन्द्रपुर नगरपालिकाका मेयर संजयकुमार काफ्लेको निर्देशनमा रौतहटको एकमात्र पर्यटकीय स्थल नुनथर जाने बाटो धमाधम बनिरहेको छ। तीन दिन लगातार परेको वर्षाका कारण रौतहटको पर्यटकीय स्थल नुनथर जाने बाटो बागमती खोलाले बगाएको थियो। बाटो बगाएपछि नुनथर जाने आन्तरिक तथा वाय पर्यटकहरूलाई समस्या उत्पन्न भएपछि मेयर काफ्लेले बाटो निर्माणका लागि निर्देशन दिएका थिए। मेयर काफ्लेको निर्देशनपछि सो स्थानमा नगरपालिकाको डोजर तथा स्काभेटर लगाएर बाटो बनाउने काम तीव्र रुपमा भइरहेको स्थानीय बासिन्दा शुभकामना पौडेलले जानकारी दिएका छन्।