चन्द्रपुर,१५ असोज ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चाडबाड विशेष सुरक्षा योजना लागू गरेको छ ।
सोमबारबाट सो योजना लागू गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । चाडबाडका बेला हुने चोरी डकैती तथा अन्य अपराधिक घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सोमबारबाट सो योजना लागू गरेको हो ।
चाडबाडका बेला रातिको समयमा हुने विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणका लागि समेत विशेष सुरक्षा टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्था र सुनचाँदी पसलहरुलाई विशेष मध्यनजर गरी विशेष सुरक्षा टोली परिचालन गरिएको डिएसपी राईको भनाइ रहेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको मातहतमा पर्ने क्षेत्रमा रहेका आर्थिक गतिविधि हुने स्थानहरूमा प्रहरीले सिसिटिभिका माध्यमबाट समेत निगरानी बढाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिघापुरले परिचालन गरेको विशेष सुरक्षा टोलीले चाडबाडमा हुने विभिन्न अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने हिसाबले सोमबारबाटै परिचालन गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको मातहतको क्षेत्रमा यतिबेला प्रहरीले राति तथा दिउँसोको समयमा गस्ती तीव्र पारेको छ ।
चाडबाढका बेला हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले समयमै विशेष सुरक्षा टोली परिचालन गरेको डिएसपी राईको भनाइ रहेको छ ।