काठमाडौँ । भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ ।

आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो ।

यस अघि भारत १९९९-२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २-० ले हारेको थियो ।

यस टेस्टमा न्यूजील्याण्डले पहिलो इनिंगमा २३४ रन बनाएको थियो भने भारतले २६३ रन बनाएको थियो ।त्यसपछि न्यूजील्याण्डले दोस्रो इनिंगमा १७४ रन बनाएपछि भारतले १४७ रनको लक्ष्य पाएको थियो ।

१४७ रनको लक्ष्य प्छाएको भारत १२१ रनमा अल आउट भएपछि न्यूजील्याण्ड २५ रनले विजयी भएको थियो ।

योसँगै ३ खेलको टेस्ट सिरिज न्यूजील्याण्डले क्लीन स्वीप गरेको छ ।