रौतहट,२७ पुस । पछिल्लो समय रौतहटको वनमा व्यापक चोरी तस्करी बढेको छ । वन कर्मचारीले नियमित रूपमा गस्ती नगरेका कारण रौतहटको राष्ट्रिय वनमा व्यापक रूपमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाले बताएका छन् ।
रौतहटको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने वनबाट दैनिक रुपमा सयौं साइकल तथा मोटरसाइकलमा काचा सालको लात र काटिँदै लाने गरिएको छ । सयौँको सङ्ख्यामा सर्लाही र रौतहटका स्थानीयले वनबाट काँचो सालका लात्राहरु काटेर लाँदा समेत वन कर्मचारी सुतेर बसेको पौराणका स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेको भनाइ रहेको छ । चाँदी खोलादेखि बागमती खोलासम्म बनेको रेलवेको ट्रयाकबाट मात्र सहयोगको सङ्ख्यामा साइकल र मोटरसाइकलमा काँचा सालका लात्राहरु काटेर बोक्नेहरु सक्रिय रहेको भएपनि वन कर्मचारीले ध्यान नदिएको स्थानीयको भनाइ रहेको छ ।
दाउराको नाममा सर्लाहीबाट आउने र रौतहटबाट आउनेहरूले चाँदी खोलादेखि बागमती खोलाको बीचको जङ्गलभित्र प्रवेश गरेर काँचा सालका लासराका साथै गोलिया समेत काटेर लाने गरेको पाइएको छ । शुक्रबार सो स्थानमा तराई एक्सप्रेसको टिम पुग्दा कहाँ छ दाउरा तथा काठ काट्नेहरूको लस्कर नै थियो । सो विषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुखलाई फोन गरेर बुझ्दा उनले सो लोकेसन आफूलाई थाहा नभएको र चाँडै टोली सो स्थानमा पठाउने बताएका थिए ।