कटहरिया,१४ माघ ।
रौतहटको कटहरिया नगरपालिकाको मेयर अजय प्रकाश साहको लापरवाहीको कारण कटहरिया बजारमा स्थानीय ब्यपारीको मनोमानी बढदै गएको छ । मेयर जयसवालले चासो नलिएको कारण बाटोमै ब्यपारीहरुले पसल थाप्न थालेका छन ।
मुख्य सडकको दुवै साईडमा स्थानीय ब्यपारीहरुले कब्जा गरेर ब्यपार ब्यवसाय गर्न थालेपछि समान खरिद गर्न आएका ग्राहकहरुलाई आवतजावत गर्न कठिनाई हुनुको साथै दुर्घाटनाको उच्च जोखिम बढेको छ । आफनो ब्यक्ती गत स्वार्थ पुरा गर्नको लागि कतिपय ब्यपारीहरुले मुख्य सडक नै कब्जा गरेर ब्यपार ब्यवसाय गर्न थालेपछि पदैल यात्रीलाई समेत हिडन समस्या भएको छ । जिल्लाको एक मात्र चर्चित बजारको रुपमा रहेको कटहरिया बजारमा ब्यपारीहरुले गर्दा कुरुप बन्दै गएको गा्रहकरुहरुले गुनोसो गरेका छन ।
कटहरिया बजारको मुख्य सडक खाली राख्नुको सट्टा ब्यपारीहरुले दिन दिनै अतिक्रमन गर्न थालेपिछि बजारको अवस्था निकै कमजोर हुँदै गएकोले स्थानिय बासीहरुको भनाई रहेको छ । हप्ताको दुई दिने लाग्ने यो बजार ईलाका प्रहरी कार्यालय कटहरिया देखि नगरपालिका कार्यालयको भवन सम्म स्थानीय ब्यपारीहरले बाटोमै ब्यपार ब्यवसाय गर्न थालेपछि साबधानी नअपनाउदाँ दुर्घटना हुने गर्द छन । पछिल्लो समय कटहरिया बजारमा ब्यपारीहरुले एउटा कोठा भाडामा लियर पसल संञ्चालन गरी पसलका आधि सरसमानहरु सडकमै राखेर बिक्री बितरण गर्ने गरेको कटहरियाका स्थानिय दिनानाथ साह कलवारले बताएका छन । साहका अनुसार स्थानीय ब्यपारीहरुले आफ्नो पसलको अगाडीजुता,चप्पल,कपडा,मिठाई,फलफुल लगाएत किरानाका समानहरु सडकमै राखेर विक्रि वितरण गरिरहेकोले बाटो फित्लो हँदै गएको छ ।
बाटो अवरुद्ध हुँदा बाहिरि ब्यपारीहरुलाई चारचक्का,मोटरसईकल जस्ता सवारी साधनहरुलाई आवतजावत गर्न निकै समस्या हुदै आएको छ । कटहरिया बजारमा पार्किङ्गको सुबिधा नहुदा खास गरी बजारका दिन बाहिरबाट आएका ग्राहकहरुलाई मोटरसाईकल राख्न समस्या हुदै आएको छ । बजारमा पार्किङ्गको राम्रो सुबिधा नहुदाँ चोरीका डरले पसलहरुकै आगाडी मोटरसाईक पार्किङ्ग गर्दा बाटो नै बन्द हुने गर्दछ । जसका कारण अवतजावत गर्न कठिनाई हुदै आएको छ । आईतबार र बुधबार कटहरिया बजारको मुख्यबाटो जाम हुन्छ । बाटो अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढेपनि स्थानीय सरकार मुखर्दशक बनेका छन । बजारमा दिन दिनै दुर्घटना बढने अवस्था आएपनि जनप्रतिनिधिहरुको ध्यान आफ्नो बजेट केन्द्रित रहेको जन गुनासो बढन थालेका छन । स्थानिय तहको दोस्रो निर्वाचन भएर जितेका जनप्रतिनिधीहरुको कार्यकाल ३ वर्ष बितन लागेको र अहिले सम्म बजारमा कहि कतै प्रगती नभएपछि स्थानियहरुले त्यसको बिरोध गर्न थालेका छन ।