चन्द्रपुर,१५ माघ ।
नेपाली कांग्रेस रौतहटले रिक्त रहेको जिल्ला सचिव पदमा मिथिलेश मिश्रालाई मनोनित गरेको छ । त्यस्तै कोषाध्यक्ष पदमा समेत नेपाली कांग्रेस रौतहटले महिला नेत्री सरस्वती गिरीलाई मनोनित गरेको हो ।
विगत लामो समयसम्म नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठनको राजनीति गर्दै आएका मिथिले मिश्रा रौतहट क्षेत्र नम्बर ४ का स्थानीय बासिन्दा हुन् ।
मिश्रले पार्टीमा पु¥याएको योगदानको कदर गर्दै खारिक्त रहेको जिल्ला सचिव पदमा मनोनित गरेको जिल्ला कार्य समिति रौतहटले जनाएको छ ।
मिश्र नेपाली कांग्रेस निकट नेविसंघमा रहेर विगत लामो समयदेखि काम गर्दै आएका थिए । नेपाली कांग्रेसभित्र युवा नेताको छवि बनाएका मिश्रलाई नेपाली कांग्रेस रौतहटले रिक्त रहेको सचिव पदमा मनोनित गरेको हो ।
पार्टीमा विगत लामो समयदेखि लागेर काम गर्दै आउनुभएका मिश्र जस्ता मान्छेलाई जिल्ला समितिको सचिवमा मनोनित गरेर नेपाली कांग्रेसले उनको योगदानको कदर गरेको नेपाली कांग्रेस चन्द्रनिगाहपुरका युवा नेता सुभाष कोइरालाले बताए ।
त्यस्तै नेपाली कांग्रेस रौतहटले विगत लामो समयसम्म नेपाली कांग्रेसको पार्टीमा लागेर काम गर्दै आएकी महिला नेत्री सरस्वती गिरीलाई कोषाध्यक्ष पदमा मनोनित गरेको हो ।
मिश्र र गिरीले पार्टीमा पु¥याएको योगदानका आधारमा जिल्ला समितिको सचिव र कोषाध्यक्ष पदमा दुवै जनालाई मनोनित गरिएको नेपाली कांग्रेस रौतहटका सभापति जितेन्द्र यादव उर्फ सुनिलले जानकारी दिएका छन् ।