काठमाडौं — गृहमन्त्री रमेश लेखकले सोमबार भएको आन्दोलनमा अकल्पनीय मानवीय क्षति भएको भन्दै नैतिक जिम्मेवारीका आधारमा राजीनामा दिने जानकारी नेपाली कांग्रेस पदाधिकारी बैठकमा दिएका छन्।
उनको राजीनामा आजै सार्वजनिक हुने सम्भावना रहेको एक पदाधिकारीले बताएका छन्।
जेन–जीले काठमाडौंसहित देशभरका विभिन्न शहरमा गरेको प्रदर्शनका क्रममा १५ जनाभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएपछि गृहमन्त्रीसहित सरकार चौतर्फी आलोचनामा परेको छ।








