रौतहट,२४ भदौ । रौतहटको चन्द्रपुर नगरपालिकामा तोडफोड भएको छ। आन्दोलनकारीले नगरपालिकामा ढुङ्गामुढा गर्नुका साथै नगरपालिकाको कम्पाउन्डभित्र रहेका सवारी साधनमा आगजनी गरेका छन् । सो स्थानमा अहिले तोडफोड र आग्जनी हुने क्रम जारी रहेको घटनास्थलमा रहेका हाम्रा सहकर्मी रूपेन्द्र पटेलले जानकारी दिएका छन्।