रौतहट,२४ भदौ । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको छ । ढुङ्गामुढा गर्ने आन्दोलनकारीलाई तितर बितर गर्नका लागि प्रहरीले चार राउन्ड बढी हवाई फायर गरेको हो । काठमाडौँमा विद्यार्थीद्वारा गरिएको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा बिहानैबाट रौतहटको चन्द्रनिगापुर आन्दोलित भएको छ । आन्दोलनकारीहरूले चन्द्रपुर नगरपालिकामा समेत आगजनी गरेका छन् ।








