रौतहट २४ भदौ । रौतहट क्षेत्र नम्बर ४ का सङ्घीय सांसद देवप्रसाद तिमल्सिनाको घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । सांसद तिमल्सिनाको चन्द्रपुर ४ मा रहेको घरमा तोडफोड गर्नुका साथै आगजनी गरिएको हो । तिमल्सिनाको घरमा रहेको मधेश प्रदेश कोलेनिकाको एउटा सरकारी नम्बर प्लेटको गाडी समेत आगजनी भएको छ । तिमल्सिनाको घरको कम्पाउन्डमा रहेको सो सरकारी नम्बर प्लेटको गाडीमा आन्दोलनकारीले आगजानी गरेका हुन् ।