रौतहट २४ भदौ । नेकपा एमालेको रौतहटको गौर स्थित पार्टी कार्यालयमा आगजनी भएको छ । आन्दोलनकारी समूहले अहिले केहीबेर अगाडि नेकपा एमालेको गौर स्थित पार्टी कार्यालयमा आगजनी गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटको पछाडिपट्टि रहेको पार्टी कार्यालयमा आगजनी भएको हो । आन्दोलनकारीहरूले पार्टी कार्यालयमा रहेका सामानहरू बाहिर ल्याएर आगजनी गरेको स्थानीय बासिन्दाले बताएका छन्।








