रौतहट,२६ भदौ । संविधानको रक्षा विदेशीको हस्तक्षेपको विरुद्धमा रौतहटको चन्द्रनिगापुरमा अहिले केहीबेरमा विरोध प्रदर्शन हुने भएको छ। विभिन्न राजनैतिक दलका कार्यकर्ताले विरोध प्रदर्शन गर्न लागेका हुन् । उनीहरूले राष्ट्रपतिको अवस्थासमेत सार्वजनिक गर्न सेनासँग माग गर्ने बताएका छन्। नेकपा एमाले नेपाली कांग्रेस र माओवादी लगायतका दलका कार्यकर्ताहरूले चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गर्न लागेको नेपाली कांग्रेसका युवा नेता सुमन गौतमले जानकारी दिएका छन् ।