२३ र २४ गते भएको जेन-जी प्रदर्शनीका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालमार्फत यो तथ्यांक सार्वजनिक गरेका हुन्।

उनका अनुसार ज्यान गुमाउनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। सो घटनामा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको पनि उनले जानकारी दिए।

भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खोल्नुपर्ने मागसहित जेन-जी पुस्ताले भदौ २३ गते प्रदर्शन गरेका थिए। त्यसदिन मात्र १९ जनाको ज्यान गएपछि भदौ २४ गते देशभरका सरकारी कार्यालय, प्रहरी कार्यालय, सिंहदरबारदेखि संसद् भवनसम्म तोडफोड र आगजनी भएका थिए।