आज दिउँसो करिब ३ बजे चन्द्रनिगाहपुरस्थित नेपाल बैंक अगाडिबाट पार्किङमा राखिएको मोटरसाइकल चोरी भएको छ। चोरी भएको मोटरसाइकल ना १८ प ६७४७ नम्बरको ‘प्यासन प्रो’ रहेको छ।
मोटरसाइकलका मालिक रमेश तिमल्सिना प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रासस रौतहट प्रतिनिधि समेत हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो मोटरसाइकल फेला पार्न सहयोग गर्न सबैमा अनुरोध गरेका छन्।
उनका अनुसार, जोसुकै व्यक्तिले सो मोटरसाइकल फेला पार्नु भएको छ वा गलत बुझाइले लैजानुभएको छ भने ९८५५०४१७१५ नम्बरमा सम्पर्क गरी फिर्ता गरिदिन आग्रह गरिएको छ।
तिमल्सिनाले आफ्नो फेसबुक स्टाटसमार्फत लेखेका छन्, “यदि मोटरसाइकल लानु हुने महानुभावलाई बिल बुक चाहियो भने मलाई सम्पर्क गर्नुहोस्, तर कृपया मोटरसाइकल फर्काइदिनुहोस्। फिर्ता नगर्ने भए आफूसँग रहेको बिलबुक लिन आउनका लागि उनले मोटरसाइकल चोरलाई आग्रह गरेका छन्।








