♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

काममा सफलता मिल्नेछ। मानसिक शान्ति रहला। नयाँ सम्पर्कले भविष्यमा लाभ दिने संकेत देखिन्छ। यात्रा लाभदायक हुनेछ।

♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धेरै प्रयासपछि मात्र सफलता मिल्नेछ। आर्थिक क्षेत्रमा सुधार आउनेछ। घरपरिवारमा सामान्य मनमुटाव देखिन सक्छ।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज आत्मविश्वास बढ्नेछ। प्रेम र मित्रताको नयाँ अध्याय सुरु हुन सक्छ। बोलीमा मिठास राख्दा फाइदा मिल्नेछ।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

घरायसी वातावरण सुखद रहनेछ। शुभकार्यमा सहभागी भइनेछ। दीर्घकालीन योजना बन्नेछ। खर्चमा भने संयम राख्नु उचित हुन्छ।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कामको चाप बढ्न सक्छ। बोली र व्यवहारमा ध्यान दिनु पर्ने समय हो। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सृजनात्मक कार्यमा सफलता मिल्नेछ। कला, साहित्य र शिक्षामा रुचि बढ्नेछ। नयाँ सोचले जीवनमा दिशा दिन सक्छ।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय तपाईको पक्षमा छ। प्रेम सम्बन्ध बलियो बन्नेछ। वैदेशिक सम्बन्ध वा व्यापारमा प्रगति देखिन्छ।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पुराना समस्याको समाधान मिल्नेछ। बौद्धिक छलफल र निर्णयमा सफलता मिल्नेछ। तर, स्वास्थ्यमा सामान्य कमजोरी हुन सक्छ।

♐ धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

परिश्रम अनुसारको प्रतिफल पाइनेछ। यात्राबाट लाभ हुने सम्भावना छ। नयाँ जिम्मेवारी थपिन सक्छ।

♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आजको दिन आर्थिक दृष्टिले लाभदायक छ। काममा स्थिरता आउनेछ। आत्मबल बढ्नेछ। शुभ समाचार सुन्न पाइनेछ।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामाजिक प्रतिष्ठा बढ्नेछ। सकारात्मक सोचले सफलता दिलाउनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।

♓ मीन (दु, थ, झ, ञ, दे, दो, चा, चि, छु)

ध्यान केन्द्रित गर्न नसकिने समय हुन सक्छ। कतिपय कुरामा निराशा देखिन सक्छ। संयम र धैर्य आवश्यक छ।